नियम १०
समितिको बैठक तथा कार्यविधि
(१) समितिको बैठक दुई महीनाभन्दा बढीको अन्तर नपर्ने गरी वर्षको कम्तीमा छ पटक बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा सचिवले बोलाउने छ ।
(३) बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले गर्नेछ ।
(४) कम्तीमा पचास प्रतिशत सदस्यको उपस्थिती भएमा बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
(५) बैठकको निर्णय बहुमतबाट गरिनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(६) बैठकका निर्णय सचिवद्वारा प्रमाणित गरिनेछ ।
(७) समितिको बैठकमा अध्यक्षले आवश्यकता  अनुसार कुनै व्यक्तिलाई पर्यवेक्षकको रुपमा आमन्त्रण गर्न सक्नेछ  ।